आश्विन ६, २०७७ मंगलवार
•
१९:०८:४४ बजे
नेपाली काङ्रेसका नेता रामचन्द्र पौडेल समूह सभापति शेरबहादुर देउवाविरुद्ध हस्ताक्षर अभियानमा जुटेका छन । १४औँ महाधिवेशनको नतिजा आफ्नो अनुकूल गराउन विधानविपरीतका काम गरेको भन्दै नेता पौडेल आफ्नो समूहका २७ केन्द्रीय सदस्यको हस्ताक्षर संकलन गरिसकेको र कृष्णप्रसाद सिटौला समूहलाई समेत जोडेर देउवामाथि थप दबाब बनाउने रणनीतिमा जुटेको हो ।
सभापति देउवाले ‘विधानविपरीत चालेका’ कदमको समेत डकुमेन्ट तयार पारेको पौडेल समूहले आफ्नाबाहेक सिटौला समूहका पाँच नेताको सूची तयार गरेको छ । सिटौलालाई समेत सहमत गराएर ३१ जनाको हस्ताक्षर सभापति देउवालाई बुझाउने पौडेल समूहको तयारी छ । सिटौला समूहमा पाँच केन्द्रीय सदस्य छन् । तर, सिटौलाले हस्ताक्षर नगर्ने बताएका छन् । यो समाचार नयाँ पत्रिकामा रमेश सापकोटाके लेखेका छन ।
पौडेल समूहले महाधिवेशनलाई प्रभावित गर्ने गरी सभापति देउवाले समायोजन, विभाग, क्रियाशील सदस्यता र भ्रातृ संस्थामा मनोमानी गरेको विषय समेटेर डकुमेन्ट बनाएको छ । यही डकुमेन्टसहित पहिला केन्द्रीय सदस्यको हस्ताक्षर सभापतिलाई बुझाउने र त्यसपछि पार्टी केन्द्रमा दर्ता गराएर महाधिवेशनसम्मै लैजाने पौडेल समूहको तयारी छ ।
तर, पौडेल समूहको अभियानलाई सिटौलाले अझै समर्थन गरेका छैनन् । देउवाविरुद्ध लाग्न झापामा रहेका नेता सिटौलालाई पौडेलसहितका नेताहरूले तारन्तार सम्पर्क गरिरहेका छन् । सिटौला स्वयं साँघुरो कार्यतालिका ल्याएको भन्दै संस्थापन र पौडेल समूहसँग रुष्ट छन् ।संस्थापन पक्षले भने फरक मत केन्द्रीय समितिबाट हल गर्न सकिने बताएको छ ।
उपसभापति विमलेन्द्र निधिको समितिले समायोजनका नाममा मनोमानी गरेको पौडेल समूहको आरोप छ । केन्द्रीय विभागको ढिला गठन र नेविसंघ, तरुण दल, दलित संघ, किसान संघसहितका नौ भ्रातृ संस्थाको म्याद ६ महिना थपेकोमा पौडेल-सिटौला समूह असन्तुष्ट छ ।
उपसभापति विमलेन्द्र निधिको समितिले समायोजनका नाममा मनोमानी गरेको पौडेल समूहको आरोप छ । केन्द्रीय विभागको ढिला गठन र नेविसंघ, तरुण दल, दलित संघ, किसान संघसहितका नौ भ्रातृ संस्थाको म्याद ६ महिना थपेकोमा पौडेल-सिटौला समूह असन्तुष्ट छ ।