Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्ने प्रधानमन्त्रीको प्रतिवद्धता

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्ने प्रधानमन्त्रीको प्रतिवद्धता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ३०, २०७९ बिहिवार • ११:४८:३० बजे
  • 490
    SHARES
  • प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्ने प्रधानमन्त्रीको प्रतिवद्धता

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले छलफल गरेका छन् ।

    images

    बिहीबार बिहान बालुवाटार पुगेर बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरूले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

    छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषदको बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

    भेटमा प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

    उनले संवैधानिक परिषदका पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल बैठक बोलाई आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology