Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राजधानी अन्यत्रै सार्न सरकारलाई बालेनको चुनौती

राजधानी अन्यत्रै सार्न सरकारलाई बालेनको चुनौती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ३०, २०७९ बिहिवार • १३:२३:४४ बजे
  • 220
    SHARES
  • राजधानी अन्यत्रै सार्न सरकारलाई बालेनको चुनौती

    काठमाडौं महानगरपालिकाका मेयर बालेन साह संघीय सरकारविरुद्ध पुनः आक्रोशित भएका छन् ।

    images

    सरकारले महानगरसँग समन्वय नगरेको भन्दै मेयर बालेनले सामाजिक सञ्जालमार्फत संघीय सरकारविरुद्ध आक्रोश पोखेका हुन् ।

    उनले काठमाडौंवासीको हितमा काम नगर्ने सिंहदरबार अरु पालिकामा सार्न समेत चुनौती दिएका छन् ।

    ‘कि काठमाडौंको हितमा काम गर्नुहोस, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस,’ उनले चुनौती दिँदै भनेका छन्, ‘हामी काठमाडौंबासीलाई कुनै आपत्ती छैन, चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस ।’

    मेयर बालेनले काठमाडौंवासीलाई कला, संस्कृति, सम्पदा र सभ्यता चाहिएको तर राजनीति नचाहिएको समेत भनेका छन् ।

    बालेनले यसअघि १४ वटा कारण देखाउँदै संघीय सरकार अन्तर्गतका सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने घोषणा गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # बालेनको चुनौती
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology