Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पूर्वराष्ट्रपति भण्डारीबाट सुशासन र सहज सेवा प्रवाहमा जोड

पूर्वराष्ट्रपति भण्डारीबाट सुशासन र सहज सेवा प्रवाहमा जोड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १, २०८० शुक्रवार • ११:१२:३९ बजे
  • 334
    SHARES
  • पूर्वराष्ट्रपति भण्डारीबाट सुशासन र सहज सेवा प्रवाहमा जोड

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समावेशी लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोडी तिनको समृद्धिलाई केन्द्रमा राख्दै सुशासन र सहज सेवा प्रवाहमा जोड दिन सम्पूर्ण राजनीतिक दल र निर्वाचित जनप्रतिनिधिमा आग्रह गर्नुभएको छ । 

    images

    नयाँ वर्ष २०८० का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले समयको गतिसँगै प्राप्त अवसर सदुपयोग गर्न सकेमा मात्रै जनताले देखेको प्रगतिको सपना वास्तविक अर्थमा साकार पार्न सकिने बताउनुभएको छ  । 

    नयाँ दशकसमेतको प्रारम्भका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र आरोग्यका लागि शुभकामना व्यक्त गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपाली जनताको समृद्धि र प्रगतिको आकाङ्क्षालाई सम्बोधन गर्दै नेपाली सपनाको समवेत स्वरूप दिन नयाँ वर्षले हामी सबैलाई अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ  ।  

    उहाँको सन्देशमा भनिएको छ, “विगतका दशकमा हामीले जनताका प्रतिनिधिमार्फत नयाँ संविधान निर्माण ग¥यौँ । दशकको मध्यतिर हासिल गरिएको सात प्रतिशतको आर्थिक वृद्धिदर इतिहासकै उच्चमध्ये रहे पनि कोभिड–१९ महामारीलगायत कारणले त्यसलाई निरन्तरता दिन सकिएन । हाम्रो सामु आज युवा शक्तिलाई मुलुकको विकासमा सहभागी गराउने, उद्यमीका निम्ति अवसर सिर्जना गर्ने तथा कृषि, शिक्षा र नवप्रवत्र्तनका क्षेत्रमा नेपालको क्षमता प्रदर्शन गर्ने ठूलो चुनौती विद्यमान छ ।”

  • सम्बन्धित विषय:

  • # सहज सेवा प्रवाहमा जोड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology