Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मुख्यमन्त्री शाहद्वारा नयाँ वर्षको शुभकामना

मुख्यमन्त्री शाहद्वारा नयाँ वर्षको शुभकामना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १, २०८० शुक्रवार • ११:२८:२५ बजे
  • 214
    SHARES
  • मुख्यमन्त्री शाहद्वारा नयाँ वर्षको शुभकामना

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नयाँ वर्ष २०८० को अवसरमा विश्वभरि छरिएर रहनुभएका प्रदेशवासीसहित सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा सुख, शान्ति, समृद्धि, एवं दीर्घायुको शुभकामना दिनुभएको छ ।

    images

    विगतको अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक रहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री शाहले नयाँ वर्षले देशमा दिगो शान्ति, सुशासन, राष्ट्रिय एकता र समाजिक सद्भावसहित आर्थिक समुन्नतिका लागि जोश, जाँगर र उत्साह पैदा गरी समाजमा विद्यमान अन्धविश्वास, कुरीति, कुसंस्कारलाई हटाउँदै न्यायपूर्ण सभ्य र सुसंस्कृत समाज निर्माण गर्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भनी शुभकाना दिनुभएको छ ।

    मुख्यमन्त्री शाहले जनजीविकासँग प्रत्यक्ष जोडिएको शिक्षा, स्वास्थ्य, कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखी सङ्घ, प्रदेश, स्थानीय सरकारबीच सहकार्य र समन्वय गर्दै समुन्नति हासिल गर्नेतर्फ अग्रसर हुनसमेत आग्रह गर्नुभएको छ ।

  • सम्बन्धित विषय:

  • # नयाँ वर्षको शुभकामना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology