Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

उपेन्द्र यादवको आरोप : एमाले पार्टी देश र लोकतन्त्रको लागि घातक

उपेन्द्र यादवको आरोप : एमाले पार्टी देश र लोकतन्त्रको लागि घातक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १, २०८० शुक्रवार • १९:३९:२२ बजे
  • 502
    SHARES
  • उपेन्द्र यादवको आरोप : एमाले पार्टी देश र लोकतन्त्रको लागि घातक

    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दुई पटक संसद विखटन गर्ने नेकपा एमाले र विखण्डनको नारा लगाउने जनमत पार्टी देश र लोकतन्त्रको लागि घातक रहेको टिप्पणी गरेका छन् ।

    images

    बाराको पचरौता पालिकामा आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने- ‘आफ्नो स्वार्थका लागि राष्ट्रपति पदको दुरुपयोग गरी एमालेले दुई पटक संसद विघटन गर्यो, अहिले पनि जनमत पार्टीको आन्तरिक एजेन्डा मधेश विखण्डन नै छ, यी दुवै दल लोकतन्त्र र सिंगो मुलुकका लागि घातक छन् ।’

    यी दललाई परास्त नगरेसम्म लोकतन्त्र र मुलुक सुरक्षित हुन नसक्ने अध्यक्ष यादवको भनाई थियो । कुनै पनि विधेयक संसद बाट पारित भइसकेको अवस्थामा त्यसलाई रोक्ने अधिकार कसैको नरहेको उनले बताए । तर नागरिकता विधेयक रोकेर पूर्वराष्ट्रपति विद्या भण्डारीले लाखौँ युवालाई अवसरबाट बञ्चित गराएको समेत आरोप यादवले लगाए ।

    बारा जिल्ला इतिहास निर्माण गर्ने किल्ला रहेको टिप्पणी गर्दै उनले काठमाडौंलाई बसोबासयोग्य बनाउने बाराबासी नै रहेको जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # उपेन्द्र यादवको आरोप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology