Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

म सन्यासी हुँ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

म सन्यासी हुँ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १, २०८० शुक्रवार • १९:४१:५० बजे
  • 421
    SHARES
  • म सन्यासी हुँ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा गरेर देश बनाउनुपर्ने बताएका छन् ।

    images

    शुक्रबार काठमाडौंमा आयोजित सामूहिक धम्मपूजा कार्यक्रममा बोल्दै उनले अहिले भइरहेको प्रदुषित राजनीति सफा गर्न आवश्यक रहेको बताएका हुन् ।

    राजनीतिक प्रणाली र व्यवस्थामा परिवर्तन हुन ठूलो महत्वको बिषय भएको बताउँदै उनले भने, ‘राजनीतिक र व्यवस्था परिवर्तनलाई सदुपयोग गर्ने र सही दिशातर्फ लैजाने हो भने यो राजनीतिक व्यवस्थाको मर्म बुझ्ने व्यक्तित्वले नेतृत्व गर्नुपर्छ । र प्रदुषित राजनीतिलाई सफा गर्नुपर्छ ।’

    गृहमन्त्री श्रेष्ठले आफूलाई राजनीतिक सन्यासीकाे संज्ञा दिँदै आफ्नो नाममा घर जग्गा केही नभएको बताए । ‘सन्यासीहरु पनि राजनीतिमा आउनुपर्यो । राजनीतिक गर्नेहरु सन्यासी हुनुपर्यो’ उनले भने, ‘म पनि सन्यासी हुँ ।

    मैले आफूलाई राजनीतिक सन्यासी नै भन्छु । मेरो कुनै आफ्नो जमिन छैन । घर र व्यक्तिगत सम्पत्ति छैन । तपाइँलाई थाहा छ म विवाहित पनि छैन ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology