Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हाइड्रोपावर प्रभावित क्षेत्रको स्थलगत अनुगमन

हाइड्रोपावर प्रभावित क्षेत्रको स्थलगत अनुगमन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २, २०८० शनिवार • १०:४९:२० बजे
  • 499
    SHARES
  • हाइड्रोपावर प्रभावित क्षेत्रको स्थलगत अनुगमन

    ताप्लेजुङको मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाको सिमाना भएर बग्ने मेवा खोलामा निर्माणाधिन ५० मेगावाट क्षमताको युनाइटेड मेवाखोला हाइड्रोपावरबाट प्रभावित क्षेत्रको शुक्रबार स्थलगत अनुगमन गरिएको छ । 

    images

     मेरिङ्देन गाउँपालिका उपप्रमुख दुर्गाप्रसाद चोङवाङको संयोजकत्वमा गठित क्षतिपूर्ति निर्धारण समितिले जग्गा जमिनमा भएको क्षतिको विवरण सङ्कलन गरेको छ । निर्माण पक्षले तयार गरेको मापदण्डभित्र क्षति पुगेका धेरै स्थानीयवासीले यसअघि नै क्षतिपूर्ति पाए पनि कतिपयले आफ्नो जग्गा जमिनमा क्षति पुगेको भन्दै क्षतिपूर्ति माग गर्न थालेपछि उक्त समिति बनेको थियो । 

     मिक्वाखोला गाउँपालिकातर्फ खोलाले कटाएको जमिनको नाप नक्सा हेरेर पीडितलाई सम्बोधन गर्ने जस्ता विषयमा जनप्रतिनिधि र स्थानीयवासीसँग छलफल भएको समितिका संयोजक दुर्गाप्रसाद चोङवाङले बताउनुभयो ।

    अनुगमनका क्रममा मेरिङ्देन गाउँपालिका प्रमुख डम्बर हाङ्गाम, सहायक प्रमुख जिल्ला अधिकारी टङ्क भट्टराई, नापी कार्यालयका प्रतिनिधि, प्रभावित क्षेत्रका वडाध्यक्षलगायत सहभागी भएका थिए ।

  • सम्बन्धित विषय:

  • # हाइड्रोपावर प्रभावित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology