Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रास्वपा मयुरको प्वाँख टाँसेको कौवा हो:महेश बस्नेत

रास्वपा मयुरको प्वाँख टाँसेको कौवा हो:महेश बस्नेत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २, २०८० शनिवार • १८:३९:२५ बजे
  • 787
    SHARES
  • रास्वपा मयुरको प्वाँख टाँसेको कौवा हो:महेश बस्नेत

    नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आजको राजनीतिको मूल कार्यभार समाज परिवर्तनको लागि संघर्ष गर्नु रहेको बताएका छन् ।

    images

    पार्टीनिकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नवौं महाधिवेशनको समिक्षा एवं अन्तरक्रियाका लागि शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले अहिले नेपाली राजनीतिमा दलाल पुँजीवादी शक्ति हाबी भएको भन्दै समाज परिवर्तनको लागि संघर्ष गर्नु अहिलको मूल कार्यभार भएको बताएका हुन् ।

    कांग्रेस भ्रष्टीकरणको नेतृत्वकर्ता भएको र नेकपा माओवादी केन्द्रले भड्किला सपना देखाएर जनयुद्धको माध्यमबाट समाज परिवर्तनको प्रयास गरेको उनले आरोप लगाए ।

    फरक प्रसंगमा उनले काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले आलोचनालाई पनि स्थान दिन आवश्यक रहेको सुझाव दिए । यस्तै, बस्नेतले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मयुरको प्वाँख टाँसेको कौवा भएको टिप्पणी गर्दै रास्वपाले नक्कली राष्ट्रवादको खेती गरिरहेको दावी गरे ।

    त्यस्तै युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष क्षितिज थेबेले हालै चयन भएको नेतृत्व वैज्ञानिक र पारदर्शी रहेको र यसले देश र जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाए । गत आम निर्वाचन, राष्ट्रपति निर्वाचन र उपराष्ट्रपति निर्वाचनमा अन्य राजनीतिक दलहरुले एमालेविरुद्ध घेराबन्दी र आक्रमण गरेको उनको भनाइ छ ।

    युवा संघ नेपालका निवर्तमान अध्यक्ष किरण पौडेलले केही राजनीतिक शीक्तहरुले आम नेपाली युवाहरुमा भ्रमको सिर्जना गरिरहेको टिप्पणी गरे ।

    उनले युवा संघले राजनीतिप्रति युवाहरुमा रहेको भ्रम चिर्न र बढ्दो निराशा र विकर्षणलाई निराकरण गर्न आवश्यक रहेको भन्दै अहिले आएको नेतृत्वले त्यसप्रति ध्यान दिनुपर्ने सुझाव दिए ।

  • सम्बन्धित विषय:

  • # महेश बस्नेत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology