Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चितवन २ मा मंसिर ४ को जस्तो नतिजा आए फेरि उपचुनाव हुन्छ : एमाले सचिव भट्टराई

चितवन २ मा मंसिर ४ को जस्तो नतिजा आए फेरि उपचुनाव हुन्छ : एमाले सचिव भट्टराई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३, २०८० आइतवार • ११:०७:३६ बजे
  • 292
    SHARES
  • चितवन २ मा मंसिर ४ को जस्तो नतिजा आए फेरि उपचुनाव हुन्छ : एमाले सचिव भट्टराई

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेश भट्टराईले चितवन क्षेत्र नं. २ मा गत मंसिरको जस्तो परीणाम आए, फेरि उपचुनाव हुनसक्ने बताएका छन् ।

    images

    गत मंसिर ४ को संसदीय निर्वाचन चितवन क्षेत्र नम्बर २ बाट रास्वपा सभापति रवि लामिछाने विजयी भएका थिए । तर उनी नागरिकता सम्बन्धी विवादमा पदमुक्त भएपछि यही वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

    उपनिर्वाचनमा रवि पुनः उम्मेदवार बनेका छन् । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन् ।

    चुनाव प्रचारका लागि चितवन आएका एमाले सचिव भट्टराईले प्रेस चौतारी नेपालले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा रास्वपाका सभापति रवि लामिछानेले देशको कानून उल्लंघन गर्दा चितवन २ मा उपचुनाव गर्नुपरेको बताए । ‘अहिले पनि चितवन २ मा विगतको जस्तो नतिजा आए, दोस्रोपटक उपचुनाव हुन्छ’ नेता भट्टराई भन्छन्, ‘यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन, मतदाताको केही दोष छैन, दोष त आफ्ना कागजात ठिकसँग नराख्नेको छ, जानीजानी गल्ती गरेको हो, समाजलाई ढाँटेको त उहाँले हो ।’

    उनले मंसिर ४ मा भएको गल्तीलाई जनताले वैशाख १० मा सच्चाउनुपर्ने बताए । चितवन २ मा एकीकृत समाजवादी र माओवादीको आफ्नो उम्मेदवार नभएकाले एमालेका रामप्रसाद न्यौपानेलाई सहयोग गर्न उनले अपिल गरे ।

    रवि लामिछाने छोटो समयमा नै टेष्टेट भइसकेकाले कम्युनिष्ट एकता र सहकार्यका लागि पनि न्यौपानेलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

    लामिछानेका समर्थकहरु असहिष्णु हुँदै गएको भन्दै भट्टराइले यस्ता प्रवृतिको काँधमा चढेर हिँडेको ब्यक्तिबाट कस्तो मुलुक र समाजको परिकल्पना गर्ने भन्दै नेता भट्टराईले प्रश्न गरे, ‘यस्तो प्रवृत्ति र क्रियाकलापसँग एमालेले प्रतिस्पर्धा गर्ने भन्ने कुरा हुँदैन, यस्तोमा रमाउन हामीलाई सुहाउँछ ?’

  • सम्बन्धित विषय:

  • # एमाले सचिव भट्टराई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology