Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रोल्पा सिमेन्ट उद्योगको विद्युत लाइन काटियो

रोल्पा सिमेन्ट उद्योगको विद्युत लाइन काटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ४, २०८० सोमवार • १२:२०:१५ बजे
  • 616
    SHARES
  • रोल्पा सिमेन्ट उद्योगको विद्युत लाइन काटियो

    रोल्पा समेन्ट उद्योग प्रालिको विद्युत लाइन काटिएको छ ।

    images

    उद्योगले विद्युत महसुलवापत ८ करोड ४४ लाख छ सय ९७ वक्यौता बुझाउन बाँकी रहेको भन्दै विद्युत् लाइन काटेको हो । रोल्पाको त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा सञ्चालित उक्त उद्योगले वक्यौता नबुझाएको पाइएपछि लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण विद्युत वितरण केन्द्र रोल्पाले जनाएको छ ।

    ‘पटक–पटक ताकेता गर्दा पनि अटेर गरी महसुल नबुझाएपछि आइतबार लाइन काट्न बाध्य भयौ’, वितरण केन्द्रका कार्यालय प्रमुख आषेश्वर साहले भने ।

    सिमेन्ट उद्यागेले २०७० साल यता महशुल नबुझाएको रोल्पा वितरण केन्द्रले जनाएको छ । वक्यौता नतिरेसम्म लाइन पुनः जडान नहुने उहाँको भनाइ छ । रोल्पा सिमेन्ट प्रालि रोल्पामा सञ्चालित सबैभन्दा ठूलो उद्योग हो ।

  • सम्बन्धित विषय:

  • # विद्युत लाइन काटियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology