Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रवि लामिछाने गृहमन्त्री हुँदा अनियमितता भएको फाइल नै गायब

रवि लामिछाने गृहमन्त्री हुँदा अनियमितता भएको फाइल नै गायब

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ५, २०८० मंगलवार • १२:५४:४५ बजे
  • 634
    SHARES
  • रवि लामिछाने गृहमन्त्री हुँदा अनियमितता भएको फाइल नै गायब

    राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने गृहमन्त्री हुँदा अनियमितता भएको आशंका गरिएको एक फाइल नै गायब भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा फाइल गायब बनाइएको हो ।

    images

    लामिछानेको कार्यकालमा राष्ट्रिय परिचयपत्रसम्बन्धि विवरण रुजु गर्ने सम्बन्धि ठेक्का दिइएको थियो । हतार हतारमा भएको सो एडभान्टेज इन्टरनेशनललाई सो ठेक्का दिइएको थियो ।

    सात दिनको अवधिमै ठेक्का दिइएको विषय छानबिनमा छ । तर, त्यससम्बन्धि फाइल विभागमा गायब बनाइएको छ । सार्वजनिक खरिद नियमावली विपरीत टेन्डर गरेर सो ठेक्का दिइएको थियो ।

    त्यसका लागि ७ दिनभित्र ठेक्का दिन सकिने कार्यविधि बनाइएको थियो । तर, कर्मचारीको ब्रिफिङअनुसार आफुले छिटो कार्यविधि सदर गरेको लामिछानेको स्पष्टिकरण छ ।

    हाल सो प्रकरण बाहिर आएपछि विभागमा त्यससम्बन्धि कागजपत्र खोजी सुरु भएकोका कर्मचारीले नै गायब बनाएका छन् । स्रोतका अनुसार सो ठेक्कामा खासगरी गृहसचिव विनोदप्रकाश सिंह र विभागका तत्कालिन महानिर्देशक तिर्थ भट्टराईको चासो थियो । उनीहरुले नै मन्त्री लामिछानेलाई गलत ब्रिफिङ गरी फाइदा लिएका थिए ।

    रुजु गर्ने काम निजी कम्पनीले पाएपछि बायोमेट्रिकसहितको गोप्य डाटा समेत दुरुपयोग हुने जोखिम देखिएको छ । यसमा लामिछानेको गलत स्वार्थ थियो कि थिएन खुल्न सकेको छैन । तर ठेक्कामा भने ठूलो चलखेल भएको प्रष्ट भइसकेको छ ।

    ‘एक मिडिया मालिकको समेत यसमा ठूलो चासो थियो,’ विभाग स्रोत भन्छन्,‘ठेक्का दिदा ठूलै आर्थिक चलखेल भएको छ ।’ विभागका निर्देशक मुकेश रेग्मी र तत्कालिन महानिर्देशक भट्टराईले सबै सेटिङ मिलाएका थिए । भट्टराई हाल मोरङको सिडिओ छन् । उनी यसअघि पनि भ्रष्टाचारमा परी सफाई पाएका कर्मचारी हुन् ।

    यसपटक सचिव सिंहको स्वार्थअनुसार काम गरेकाले उनले मोरङको सिडिओ पाएका हुन् । यस्तै सेटिङका कारण विभागका हालका महानिर्देशक रुद्र पन्डितले सरुवा मागिसकेका छन् । अहिले पनि विभागभित्र अनेक टेन्डरमा चलखेल भइरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology