Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

‘सेक्स र्‍याकेट’ चलाएको आरोपमा अभिनेत्री आरती मित्तल पक्राउ

‘सेक्स र्‍याकेट’ चलाएको आरोपमा अभिनेत्री आरती मित्तल पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ६, २०८० बुधवार • १३:५०:०३ बजे
  • 694
    SHARES
  • ‘सेक्स र्‍याकेट’ चलाएको आरोपमा अभिनेत्री आरती मित्तल पक्राउ

    बलिउड कास्टिङ निर्देशक तथा अभिनेत्री आरती मित्तल पक्राउ परेका छन् ।

    images

    उनलाई फिल्म उद्योगमा ‘सेक्स र्‍याकेट’ चलाएको आरोपमा मुम्बई प्रहरीले मंगलबार पक्राउ गरेको हो । मुम्बई क्राइम ब्रान्च युनिटले उनीमाथि गैरकानुनी तस्करी र वेश्यावृत्तिअन्तर्गत कानुनी कारबाही थालेको छ ।

    र्‍याकेटमा रहेका अन्य मोडललाई पनि नियन्त्रणमा लिइएको छ ।

    उनीहरुलाई रिह्याब सेन्टर पठाइएको छ । मित्तलले पैसाको लोभ देखाएर संघर्षरत मोडेललाई उक्त धन्दामा पठाउने गरेको प्रहरीले जनाएको छ । मनोज सुतार नामका एक इन्सपेक्टरले आरतीसँग ग्राहकका रुपमा डिल गरेका थिए ।

    आरतीले उनीसँग होटेल बुक गराउनुका साथै ६० हजार रुपैयाँ मागेकी थिइन् । आरती कास्टिङ निर्देशकका साथै अभिनेत्री हुन् । उनले एक टिभी सिरियल ‘अपनापन’मा समेत काम गरेकी छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology