Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्यानमार–भैरहवा सिधा उडानको तयारी

म्यानमार–भैरहवा सिधा उडानको तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ६, २०८० बुधवार • १३:५२:५६ बजे
  • 544
    SHARES
  • म्यानमार–भैरहवा सिधा उडानको तयारी

    म्यानमारको राजधानी यंगुनबाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा सञ्चालनको तयारी भएको छ । नेपाल पर्यटन बोर्डको पहलमा दुई देश बीचको सिधा हवाई उडानका लागि उच्चस्तरीय छलफल सुरु भएको हो ।

    images

    बौद्ध धर्मावलम्बी भएको देश म्यानमारबाट सिधा उडान गर्न सके लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न सहयोग मिल्ने अपेक्षासहित बोर्डले यो पहल गरेको हो । यसका लागि बोर्डले मङ्गलवार नेपालका लागि म्यानमारका राजदूत र म्यानमारका लागि नेपाली राजदूत, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी, लुम्बिनी विकास कोषका पदाधिकारी तथा म्यानमार नेशनल एयरलाइन्सका कार्यकारी प्रमुखसहित सरोकारवालासँग काठमाडौँमा उच्चस्तरीय छलफल गरेको छ ।

    छलफलका क्रममा नेपाली पक्षले म्यानमारबाट भैरहवा सिधा उडानका लागि म्यानमार तयार रहे आवश्यक सहयोगका लागि नेपाल तयार रहेको बताउँदै म्यानमारको टोलीलाई थप प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ । छलफल कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष मैत्य शाक्यपुत्ताले नेपाल र म्यानमारबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै सिधा उडान हुन सके म्यानमारबाट लुम्बिनी आउने पर्यटकहरू बढ्ने बताए ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेले म्यानमार नेशनल एयरलाइन्सले गौतम बुद्ध विमानस्थलमा उडान गर्न नेपालको तर्फबाट विभिन्न छुट, सुविधा तथा अन्य आवश्यक सहयोग गर्न आफूहरू तयार रहको बताए । सिधा उडान गर्न सकेमा दुवै देशले पर्यटनका माध्यमबाट फाइदा लिन सक्ने उनले बताए ।

    यस्तै म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेले म्यानमार भैरहवा सिधा उडानबारे म्यानमारको सरकारी पक्षसँग संवाद भइरहेको सन्दर्भमा म्यानमारको टोली नै नेपाल आउनुले उडानको लागि थप बल पुग्ने विश्वास व्यक्त गरे । यस्तै नेपालका लागि म्यानमारका राजदूत सेन ओले सिधा उडान गर्नेबारे आफूहरू सकारात्मक रहेको उल्लेख गर्दै यसको प्राविधिक पक्षको अध्ययन पछि नयाँ सम्भावनाबारे जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    म्यानमारको नेशनल एयरलाइन्सका कार्यकारी प्रमुख क्याप्टेन कुप खान्मुङले आफुले गौतम बुद्ध विमानस्थल निरीक्षण गरेर फर्किएको र सिधा उडानबारे आफूहरू सकारात्मक रहेको बताए ।

    नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले बौद्धमार्गी म्यानमारबाट लुम्बिनीमा सिधा उडान गर्न सके धार्मिक पर्यटन प्रवर्द्धन गर्न सघाउ पुग्ने उद्देश्यले बोर्डको पहलमा कार्यक्रम आयोजना गरिएको र छलफल सकारात्मक भएको बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology