Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालबाट ३७ करोड ५२ लाख रूपैयाँको पानी निर्यात

नेपालबाट ३७ करोड ५२ लाख रूपैयाँको पानी निर्यात

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ७, २०८० बिहिवार • १७:१५:०७ बजे
  • 508
    SHARES
  • नेपालबाट ३७ करोड ५२ लाख रूपैयाँको पानी निर्यात

    नेपालबाट चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ३७ करोड ५२ लाख ७० हजार रुपैयाँ बराबरको पानी निर्यात भएको छ ।

    images

    भन्सार विभागका अनुसार ५९ लाख ५० हजार ८८३ लिटर पानी निर्यात भएको हो । सोही अवधिमा ७९ लाख ३८ हजार रुपैयाँ बराबरको ५९ हजार ३९९ लिटर पानी आयात भएको छ ।

    नेपालको पानी जर्मन, भारत, जापान, अस्ट्रेलिया र भुटानमा निर्यात भएको छ । सबैभन्दा बढी पानी भारतमा ३७ करोड ४८ लाख ९५ हजार रुपैयाँ बराबरको ५९ लाख ४५ हजार ५२७ लिटर निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

    गत वर्ष यसै अवधिमा १५ करोड ५७ लाख ८७ हजार रुपैयाँ बराबरको २७ लाख ५६ हजार १२ लिटर पानी निर्यात भएको थियो । गत वर्ष अष्ट्रेलिया, फ्रान्स, जापान, कतार, युएई, पोल्याण्ड, युके र भारतमा निर्यात भएको थियो ।

    विभागका अनुसार गत वर्ष पनि सबैभन्दा धेरै भारतमा १५ करोड ३० लाख १७ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । सोही अवधिमा ५६ लाख ३० हजार रुपैयाँ बराबरको पानी आयात भएको छ ।

  • सम्बन्धित विषय:

  • # पानी निर्यात
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology