Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हर्क साम्पाङले मागे वडाध्यक्षहरूको राजीनामा

हर्क साम्पाङले मागे वडाध्यक्षहरूको राजीनामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ७, २०८० बिहिवार • १७:१६:३५ बजे
  • 388
    SHARES
  • हर्क साम्पाङले मागे वडाध्यक्षहरूको राजीनामा

    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वडाध्यक्षहरूको राजीनामा मागेका छन् ।

    images

    पटकपटक कार्यापालिका बैठक बहिष्कार गरेपछि मेयर साम्पाङले वडाध्यक्षहरूको राजीनामा मागेका हुन् ।

    मेयर सम्पाङले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ– ‘कसैले म बैठक बस्दिन भन्न पाइँदैन त्यसैले कर्तव्य पुरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रसस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ ।’

    वडाहरूमा के–कस्ता योजना, कार्यक्रम सम्पन्न भए भन्ने जानकारी मागेको कुरालाई असहमति राखिरहनु पर्ने कुनै कारण नभएको भन्दै मेयर साम्पाङले वडाहरुमा के कस्ता, के कति काम भएका छन तुरुन्तै सार्वजनिक गर्न वडाध्यक्षहरुलाई निर्देशन समेत दिएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology