Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सरकारको आन्तरिक आम्दानी सुधारोन्मुख

सरकारको आन्तरिक आम्दानी सुधारोन्मुख

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ७, २०८० बिहिवार • १७:१८:२० बजे
  • 508
    SHARES
  • सरकारको आन्तरिक आम्दानी सुधारोन्मुख

    गत आर्थिक वर्षभन्दा यो वर्षको राजस्व कमजोर बन्दा सरकारलाई खर्च व्यवस्थापनमा सकस परिरहेको छ ।

    images

    आम्दानीभन्दा खर्च धेरै भइरहेको अवस्थामा पछिल्लो समय सरकारको आन्तरिक आम्दानीमा भने केही सुधारोन्मुख देखिन थालेको छ ।

    राजस्व विभागका अनुसार चैत मसान्तसम्मको तथ्याङ्कले आन्तरिक राजस्व विभागको राजस्वमा केही सुधारको संकेत देखाएको हो । गत वर्षको ९ महिनासँगको तुलनामा यो वर्ष सोही अवधिमा ९८ प्रतिशत संकलन भएको छ ।

    अहिले इन्ट्रेस्ट, अन्तःशुल्क, स्वास्थ्य शुल्क, शिक्षा शुल्कलगायतको शीर्षकमा राम्रो राजस्व संकलन भएको छ । विभाग मातहतका कार्यालयहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ३ खर्ब ३७ अर्ब रुपैयाँ संकलन गरेका छन् ।

    गत वर्ष ३ खर्ब ४२ अर्ब रुपैयाँ मात्रै संकलन भएको थियो । भन्सारतर्फको राजस्व भने चिन्ताजनक नै देखिएको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा ३ खर्ब ७१ अर्ब रुपैयाँ संकलन भएकोमा यो वर्ष २ खर्ब ७६ अर्ब रुपैयाँ मात्रै राजस्व उठेको छ ।

    चालू आर्थिक वर्षको सुरुदेखि नै भन्सारतर्फको राजस्व कमजोर बनेपछि मंसिरदेखि गाडी आयात समेत खुलाइएको थियो ।

    भन्सार राजस्वको मुख्य स्रोत मानिएको गाडी (प्यासेन्जरर्स भेहिकल) आयात नहुँदा त्यसलाई थप गर्न सरकारले अटोलोनको जोखिम भार समेत हटाउने तयारी गरेको छ ।

    तेस्रो त्रैमासिक मौद्रिक समीक्षामार्फत जोखिम भार हटाउने र सोही अनुसारको सर्कुलर जारी गर्ने गरी अर्थ मन्त्रालय र राष्ट्र बैंक छलफल गरिरहेको बुझिन्छ ।

  • सम्बन्धित विषय:

  • # आम्दानी सुधारोन्मुख
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology