Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जम्मु-कश्मीरमा भारतीय सेनामाथि आक्रमण हुँदा ५ जनाको मृत्यु

जम्मु-कश्मीरमा भारतीय सेनामाथि आक्रमण हुँदा ५ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ८, २०८० शुक्रवार • १०:१२:०४ बजे
  • 442
    SHARES
  • जम्मु-कश्मीरमा भारतीय सेनामाथि आक्रमण हुँदा ५ जनाको मृत्यु

    जम्मु–कश्मीरमा भारतीय सेना चढेको गाडीमाथि आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ ।

    images

    बिहीबार दिउँसो चरमपन्थी समूहले जम्मु कश्मीरको पुँछ भन्ने स्थानमा भारतीय सेना चढेको गाडीमा ग्रिनेड आक्रमण गर्दा ५ सेनाको मृत्यु भएको हो ।

    भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरले विज्ञप्ति जारी गर्दै सेना चढेको गाडीमा चरमपन्थीहरुले हाते ग्रिनेडले आक्रमण गरेको राष्ट्रिय राइफल्सका पाँच जवानको मृत्यु भएको जानकारी दिएको छ ।

    आक्रमणमा एक जना गम्भीर घाइते भएको र उनको उपचार रजौरीस्थित सैनिक अस्पतालमा भइरहेको बताइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology