Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुलमान घिसिङ

" कुलमान घिसिङका समर्थक ‘पाखे’ " - प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापा

" कुलमान घिसिङका समर्थक ‘पाखे’ " - प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ७, २०७७ बुधवार • १३:५६:१० बजे
  • 3.0K
    SHARES
  • " कुलमान घिसिङका समर्थक ‘पाखे’ " -  प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापा

    आश तमु पोखरा -  नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङका समर्थकलाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले‘पाखे’ को संज्ञा दिएका छन्।

    कुलमान घिसिङको पदावधि सकिएपछि नेपाल विद्युत् प्राधिकरणमा उनको नेतृत्व नै फेरि ल्याउनु पर्छ, उनलाई नै पुनर्नियुक्ति दिनुपर्छ भनेर बाटोमा निस्किएका मानिसहरुलाई उनले पाखेको संज्ञा दिएका हुन् । 

    पत्रकार ऋषि धमालाको कार्यक्रममा थापाले यस्तो बताएपछि अहिले सामाजिक सन्जालमा उनको क्लिप पूरै भाइरल भइरहेको छ । अन्तर्वार्तामा धमालाले कुलमानले त लोडसेडिङ अन्त्य गरे, उनलाई त नेपालीले भगवान नै मानिरहेका छन् नि भन्ने आशयको प्रश्न सोधेका थिए । ‘कुलमानलाई मात्र समर्थन गर्नेहरु पाखे हुन्,’ थापाले जवाफमा धमालालाई यस्तो प्रत्युत्तर दिएको भिडियो अहिले भाइरल भएको हो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology