Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमालेकाे जनमत घटिरहेको छ: महासचिव शंकर पोखरेल

एमालेकाे जनमत घटिरहेको छ: महासचिव शंकर पोखरेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ८, २०८० शुक्रवार • १८:५२:०६ बजे
  • 241
    SHARES
  • एमालेकाे जनमत घटिरहेको छ: महासचिव शंकर पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ बनाउनका लागि योजनाबद्ध पहल गर्ने बताएका छन् ।

    images

    नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको मिसन ग्रासरुस अनुभव र सिकाइ बिषयक अन्तक्रिया कार्यक्रममा पोखरेलले पार्टीभित्रको एकता कमजोर हुँदा एमालेको जनमत खण्डित भएकाले पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ बनाउनका लागि योजनाबद्ध पहल गर्ने बताएका हुन् ।

    अहिलको चुनाव प्रणालीभित्र बहुमत सम्भव नभएको भन्ने कुरा गरिरहँदा ४० प्रतिशत मत हासिल गर्न सकिए समानुपातितर्फ थ्रेसहोल्डका कारण ४५ प्रतिशत एमालेले रिट प्राप्त गर्न सक्ने उनको भनाइ छ ।

    पोखरेलले एमालेका जनप्रतिनिधिको भूमिका प्रभावकारी हुन नसक्दा एमालेले जितेका स्थानमा पनि जनमत घटिरहेको देखिएकाले अब जनप्रतिनिधीहरुको भूमिकालाई प्रभावकारी बनाउन ध्यान केन्द्रीत गर्ने जिकिर गरे ।

    त्यस्तै, उनले आधारभूत आवश्यकता पूरा भएका जमातलाई प्रमुख पार्टीविरुद्ध भड्काउने प्रबृतिका कारण बैंकल्पिक भन्नेहरुले स्थान पाएको धारणा राखे ।

    पोखरेलले आगामी निर्वाचनमा एमालेको एकल बहुमतले सरकार बनाउने उदेश्यका साथ पार्टीलाई बलियो बनाउँदै अघि बढाउन मिसन ग्रासरुस प्रभावकारी हुने जिकिर गरे ।

  • सम्बन्धित विषय:

  • # महासचिव शंकर पोखरेल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology