Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालमा खोजिएका अमृतपाल पञ्जाबबाट पक्राउ

नेपालमा खोजिएका अमृतपाल पञ्जाबबाट पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १०, २०८० आइतवार • १०:३८:२४ बजे
  • 598
    SHARES
  • नेपालमा खोजिएका अमृतपाल पञ्जाबबाट पक्राउ

    । ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख तथा खालिस्तान समर्थक अमृतपाल सिंह पक्राउ परेका छन ।

    images

    पञ्जाब पुलिसले आफ्नो ट्विटर ह्यान्डल मार्फत मार्च १८ देखि फरार रहेका सिंहलाई पञ्जाबाको मोगाबाट पक्राउ गरिएको जानकारी दिएको छ ।

    प्रहरीले गत चैत १८ गतेदेखि अमृतपाल सिंहको खोजी गरिरहेको थियो । नेपालस्थित भारतीय दूतावासले उनी नेपालमा लुकेर बसेको दावी गरेको थियो । तर, नेपाल प्रहरीले त्यसको खण्डन गरेको थियो भने संघीय संसदमा समेत कुरा उठेको थियो । अमृतपाल सिंह विरुद्ध एनएसए सहित १६ मुद्दा दर्ता गरिएको छ ।

    उनी र उनका सहयोगीविरुद्ध समाजमा दुस्मनी फैलाउने, ज्यान मार्ने उद्योग, प्रहरीमाथि हातपात र सरकारी कर्मचारीको काममा अवरोध गरेको आरोप लागेको छ ।

    फरार हुँदा अमृतपाल सिंहको भेषमा कथित रूपमा धेरै शहरहरूमा घुम्ने तस्विर र भिडियोहरू मिडिया मार्फत बाहिर आएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology