Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले एक्लैले बहुमत ल्याउँछ : ओली

एमाले एक्लैले बहुमत ल्याउँछ : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १०, २०८० आइतवार • ११:४२:१५ बजे
  • 361
    SHARES
  • एमाले एक्लैले बहुमत ल्याउँछ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा एमालेले एक्लै बहुमत ल्याउने दाबी गरेका छन् ।

    images

    नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले आउँदो चुनावमा एमालेलाई रोक्ने शक्ति कुनै पनि नहुने दाबी गरे ।

    ‘म घोषणा गर्न चाहन्छु–आउँदो निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउने छ । रोक्ने शक्ति कोही छ भने रोक्नुस । यस अभियानलाई रोक्न सक्ने कोही छ भने रोकोस् । यो लुकेर भनिएको छैन ।

    खुलेआम भनिएको छ । आउँदो निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउँछ । अर्को त्यसपछिको १० वर्षमा नेकपा एमालेले विकासशील राष्ट्रको राम्रै स्तरमा यस देशलाई उकास्छ ।’ आगामी २५ वर्षमा एमालेले नेपाललाई आधुनिक र विकसित राष्ट्र बनाउने पनि ओलीले दाबी गरे ।

    जब नेकपा एमाले सय वर्ष पुग्छ । त्यतिबेला नेपाल एउटा आधुनिक विकसित राष्ट्र बनाउनेछौं आगामी २५ वर्षमा’ उनले भने । ओलीले प्रचण्ड–माधव नेपालप्रति लक्षित गर्दै सस्तो मूल्यमा विकेर कम्युनिष्ट आन्दोलनलाई ध्वस्त बनाएको आरोप पनि लगाए । ‘कुनै पनि कम्युनिष्टहरु हाम्रै पार्टीबाट गएका हुन् है ।

    प्रचण्ड कहाँबाट गएका ? यही कम्युनिष्ट पार्टीबाट ऐजेरु पलाएझैं पलाएको त हो नि । २००६ सालमा कहाँ दुई, तीन वटा पार्टी बनेको थियो र ।

    यो पार्टी त पछिसम्म एउटै थियो’ उनले भने, ‘दुई तिहाई पु¥यायौ हामीले पार्टी विस्तार गरेर, निर्माण गरेर । पार्टी एकता र एकीकरण गरेर । तर टुप्पामा बस्ने नेताहरुलाई सही सक्नुभएन । र, उनीहरु बिके ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology