Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सबै नेता पालैपालो जेल जान्छन् : विप्लव

सबै नेता पालैपालो जेल जान्छन् : विप्लव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १०, २०८० आइतवार • २०:२४:२८ बजे
  • 817
    SHARES
  • सबै नेता पालैपालो जेल जान्छन् : विप्लव

    नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिले नेपालमा नेता बन्ने भनेकै पैसा कमाउन हो भन्ने खालको मानक बनेको बताएका छन् ।

    images

    आइतबार शिक्षा पत्रकार समूहले गरेको शिक्षा बहस कार्यक्रममा विप्लवले भ्रष्टाचार छानबिन गर्ने हो भने समकालीन सबै नेता जेल जाने दाबी समेत गरे । ‘मैले आरोप लगाएको होइन नेपालका मान्छेहरु यदि छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाँदैनन् ? सबै जान्छन् नि पालोपालो ।

    उसले उसलाई लगाउँछ, उसले उसलाई लगाउँछ उहाँहरु (नेताहरु) को कुरा हो । तर सबैलाई अर्ब भन्दा कमको चार्ज छैन नि । अहिले सरकारमा भएका हुन् या बाहिर बसेका हुन् ।

    त्यो साँचो कुरा हो’, उनले भने । ०६४/०६५ पछि राजनीतिमा विकृति देखिएको भन्दै उनले विद्यार्थी संगठनको अध्यक्ष बन्ने चाहने नेताले काठमाडौंमा घरको सपना देख्ने बताए । 

    त्यो विद्यार्थीहरुको दोष होइन पार्टीको दोष हो । विद्यार्थीहरुले त सिक्ने हो । नकारात्मक पनि सिक्ने हो । सकारात्मक पनि सिक्ने हो । सकारात्मक सिकेर बलिदानीतिर गएको भए त्यसरी नै विद्यार्थीहरु तयार हुन्थे’ विप्लवले भने ।

  • सम्बन्धित विषय:

  • # विप्लव
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology