Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँ-१ : कांग्रेसका भट्टराईभन्दा वाग्ले ४१ सय मतले अगाडि

तनहुँ-१ : कांग्रेसका भट्टराईभन्दा वाग्ले ४१ सय मतले अगाडि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ११, २०८० सोमवार • ०९:४३:१८ बजे
  • 421
    SHARES
  • तनहुँ-१ : कांग्रेसका भट्टराईभन्दा वाग्ले ४१ सय मतले अगाडि

    तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले फराकिलो अग्रता अग्रता गरेका छन् ।

    images

    सोमबार जारी मतगणनामा ९ वटा वडाको गणना सकिँदा वाग्लेले ७ हजार ६ सय २५ मत ल्याएका छन् ।

    त्यहाँ उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार ४ सय ७१ मत प्राप्त गरेका छन् ।

    वाग्ले र भट्टराईबीचको मतान्तर ४१ सय ५४ छ । त्यस्तै, तेस्रोमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार २ सय १९ मत ल्याएका छन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार अहिलेसम्म त्यहाँ ९ वटा वडाको १३ हजार ७५९ मतगणना भइसकेको छ । तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology