Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लुम्बिनीमा एमालेको सरकार ढल्ने पक्का

लुम्बिनीमा एमालेको सरकार ढल्ने पक्का

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ११, २०८० सोमवार • १०:०६:२७ बजे
  • 403
    SHARES
  • लुम्बिनीमा एमालेको सरकार ढल्ने पक्का

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै छन् ।

    images

    उनले आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकबाट विस्वासको मत लिन लागेका हुन् ।

    एमालेबाट मुख्यमन्त्री बनेका गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्र लगायतका दलले चैत १२ गते फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले पुनः विश्वासको मत लिन लागेका हुन् ।

    सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही बाध्यात्मक व्यवस्था अनुसार मुख्यमन्त्री गिरिले आज विश्वासको मत लिन लागेका हुन् ।

    ८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्छ । तर एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् ।

    सरकार टिकाउन आवश्यक ४४ मत पुर्याउन नसके गिरी नेतृत्वको सरकार ढल्ने छ । एमालेका २९ र राप्रपाका ४ गरी गिरीका पक्षमा ३३ सांसद मात्र हुनेछन्।

    राप्रपा र एमालेबाहेक गिरीको विपक्षमा मत हाल्ने सांसदको संख्या ५३ देखिन्छ । यसो हुँदा लुम्बिनीमा पनि एमाले नेतृत्वको सरकार ढल्ने निश्चित छ । यसअघि गण्डकीमा एमाले नेतृत्वको सरकार ढलिसकेको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology