Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँ उपनिर्वाचन : १२ वडाको नतिजा आउँदा कसले कति मत पाए ?

तनहुँ उपनिर्वाचन : १२ वडाको नतिजा आउँदा कसले कति मत पाए ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ११, २०८० सोमवार • १०:४३:२६ बजे
  • 529
    SHARES
  • तनहुँ उपनिर्वाचन : १२ वडाको नतिजा आउँदा कसले कति मत पाए ?

    प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा मतगणना जारी छ ।

    images

    सोमबार जारी मतगणनामा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायम गरेका छन् ।

    आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकाका विभिन्न १२ वटा वडाको १७ हजार ७७ मतगणना सकिँदा वाग्ले ९ हजार ४८३ मतसहित अगाडि छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई ४ हजार ४७२ मतसहित वाग्लेलाई पछ्याइरहेका छन् ।

    यता तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले २५६० मत प्राप्त गरेका छन् ।

    तनहुँमा चुनावी प्रतिस्पर्धामा रहेका प्रमुख दल नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल दुबैले प्राप्त गरेको भन्दा पनि रास्वपाका वाग्लेले प्राप्त गरेको मत धेरै छ ।

    तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालय अनुसार तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # तनहुँ उपनिर्वाचन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology