Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा ११ सय ७२ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ११ सय ७२ जनामा संक्रमण पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ७, २०७७ बुधवार • १६:५५:५४ बजे
  • 1.1K
    SHARES
  • पछिल्लो २४ घण्टामा ११ सय ७२ जनामा संक्रमण पुष्टि
    पछिल्लो २४ घण्टामा ११ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ६७ हजार ८०४ पुग्यो स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

    ७ हजार ४१४ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार २२८ जना रहेका छन् भने होम आइसोलेसनमा ९ हजार १८६ जना छन्। यस्तै क्वारेन्टाइनमा ७ हजार १०४ जना रहेका छन्।

    मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा १८ सय ९३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो ७३ दशमलव ७ प्रतिशत हो। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ।

    आइसीयूमा २२० र भेन्टिलेटरमा ४३ जनाको उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट हालसम्म ६३६ जनाको मृत्यु भएको छ। बुधबार १६ वर्षीय किशोर सहित ७ जनाको मृत्यु भएको छ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology