Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गठबन्धनकै गढमा स्वर्णिमलाई बढी मत

गठबन्धनकै गढमा स्वर्णिमलाई बढी मत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ११, २०८० सोमवार • ११:०२:३६ बजे
  • 463
    SHARES
  • गठबन्धनकै गढमा स्वर्णिमलाई बढी मत

    तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायम छ । पछिल्लो अपडेट अनुसार उनले १० हजार मत कटाएका छन् ।

    images

    वाग्लेले १० हजार २५९ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्दलाई स्वर्णिमले ५ हजार २५६ मत अन्तरले पछि पारेका छन् ।

    एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७९७ मत पाएका छन् । खनाल भट्टराईभन्दा २२०६ मतले र वाग्लेभन्दा ७४६२ मत अन्तरले पछि छन् । स्वर्णिमले सत्ता गठबन्धन र नेकपा एमालेको गढ भनिएकै क्षेत्रबाट धेरै मत पाएका छन् ।

    स्थानीय तह निर्वाचनमा १३ वटा वडाहरु रहेको भानु नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पद कांग्रेसले जितेको थियो । यहाँका ९ वटा वडा कांग्रेसले तथा एमाले र स्वतन्त्रले दुई-दुई वटा वडा जितेका थिए ।

    यसैगरी आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा माओवादी केन्द्रका उम्मेदवारले जितेका थिए । कांग्रेस दोस्रो भएको थियो । तर भानु र आँबुकै वडाहरुबाट स्वर्णिमको पक्षमा बढी भोट खसेको छ ।

    भानुको वडा नम्बर ३ मा स्वर्णिमले ७१४, वडा नम्बर ४ मा ७५९ र वडा नम्बर ८ मा ८५६ मत पाउँदा गोविन्दले ४१८, ४८२ र ४५८ मत पाएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology