Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चितवनमा दिउँसो १ बजेबाट मतगणना सुरु गर्ने सहमति

चितवनमा दिउँसो १ बजेबाट मतगणना सुरु गर्ने सहमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ११, २०८० सोमवार • ११:५३:१४ बजे
  • 343
    SHARES
  • चितवनमा दिउँसो १ बजेबाट मतगणना सुरु गर्ने सहमति

    चितवन निर्वाचन क्षेत्र नम्बर २ मा दिउँसो १ बजेबाट मतगणना गर्ने सहमति भएको छ ।

    images

    सोमबार बिहान बसेको सर्वदलीय बैठकमा दिउँसो १ बजेबाट मत गणना गर्ने सहमति भएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

    यसअघि सर्वदलीय बैठकमा कांग्रेस एमालेका प्रतिनिधिले रास्वपाका उम्मेदवार रवि लामिछानेलाई कारवाही गर्नुपर्ने भन्दै चर्को आवाज उठाएका थिए ।

    एमाले कांग्रेसको अडानपछि लामिछानेलाई मुख्य निर्वाचन अधिकृतको कार्यलयले स्पष्टिकरण सोध्ने र प्रमुख जिल्ला अधिकारीले मतपेटिकाको सुरक्षा जिम्मेवारी लिने सहमति भएको छ ।

    मतगणना भरतपुरस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ । चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ प्रतिस्पर्धी उम्मेदवारका रुपमा रहेका छन् ।

    सर्वदलीय बैठकमा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लंघन गरेकोबारे साधिने स्पष्टिकरण केन्द्रमा लेखेर पठाउने पनि सहमति भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology