Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सम्बन्धमा रविलाई निर्वाचन आयोगकाे स्पष्टीकरण

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सम्बन्धमा रविलाई निर्वाचन आयोगकाे स्पष्टीकरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ११, २०८० सोमवार • १४:०८:५८ बजे
  • 352
    SHARES
  • निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सम्बन्धमा रविलाई निर्वाचन आयोगकाे स्पष्टीकरण

    निर्वाचन आयोग प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत आइतबार भएको मतदानका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ ।

    images

    चितवन क्षेत्र नं २ का उम्मेदवार समेत रहेका लामिछानेविरुद्ध नेपाली कांग्रेस चितवनले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएपछि कार्यालयले लामिछानेलाई स्पष्टीकरण सोधेको हो ।

    निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले आइतबार स्पष्टीकरण सोधिएको र आइतबार नै जवाफ आएको बताए । उनका अनुसार प्राप्त जवाफ निर्वाचन आयोगमा पठाइएको छ ।

    निर्वाचन भइराखेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले फेसबुक लाइभमार्फत मत मागेको, मतदानस्थलमा हूल हुज्जत गरी प्रचार गरेको र प्रमुख जिल्ला अधिकारी पौडेलले लामिछानेलाई नै सहयोग गरेको भन्दै कांग्रेसले उजुरी दिएको थियो ।

    उजुरीमा निर्वाचन ऐन, निर्देशिका, कार्यविधि र निर्देशनबमोजिम दोषीमाथि कारबाहीको माग गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology