Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लुम्बिनीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत

लुम्बिनीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ११, २०८० सोमवार • १४:१२:४३ बजे
  • 415
    SHARES
  • लुम्बिनीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत

    लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । सोमबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो ।

    images

    प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५३ मत खसेको छ । मुख्यमन्त्री गिरी आज दोस्रोपटक विश्वासको मत लिन प्रदेशसभा पुगेका थिए ।

    यसअघि सात दलको समर्थनमा मुख्यमन्त्री बनेका गिरीलाई नेकपा माओवादी केन्द्रलगायत दलले दिएको समर्थन गत चैत १२ गते फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए ।

    सरकार बनेको १०३ दिनमा मुख्यमन्त्री गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेको हो । पुस २७ गते गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सत्ता साझेदार दलहरुले समर्थन फिर्ता लिएपछि सरकार बनेको ७४ दिनमै अल्पमतमा परेको थियो । ८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ ।

    लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै पक्षमा मतदान गरेका छन् । बाँकी नेपाली कांग्रेस २७, नेकपा माओवादी ११, नागरिक उन्मुक्ति पार्टी ४, जसपा, लोसपा, जनमत ३/३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी १/१, स्वतन्त्र १ गरी ५३ जना सांसदले विपक्षमा मतदान गरेका छन् ।

    लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न आठ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् । यसअघि विश्वासको मत नपाएपछि सुदूरपश्चिम र गण्डकीमा पनि एमाले नेतृत्वको सरकार ढलिसकेको छ । अब कोसी प्रदेशमा मात्र एमालेको सरकार छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology