Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जनतालाई अनुभूत हुने गरी सुशासन कायम गर्छौं : रवि

जनतालाई अनुभूत हुने गरी सुशासन कायम गर्छौं : रवि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १२, २०८० मंगलवार • १६:०३:५५ बजे
  • 397
    SHARES
  • जनतालाई अनुभूत हुने गरी सुशासन कायम गर्छौं : रवि

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुशासनको एजेन्डामा टेकेर समृद्धि ल्याउने बताएका छन् ।

    images

    उपनिर्वाचनमा चितवन-२ बाट भारी मतान्तरसहित दोस्रोपटक विजयी भएका लामिछानेले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिंदै जनताले खोजेको भष्ट्राचार नियन्त्रण र सुशासन भएकोले आफूहरुले मुख्य जोड त्यसैमा रहने बताए ।

    भष्ट्राचारसहित सरकारी संयन्त्र र जनताले अनुभूत हुने गरी सुशासन कायम गर्न लागिपर्ने उनको भनाई छ । आमअपेक्षा पनि यहीँ रहेकोले सोही अनुसार मत पाएको पनि उनले बताए ।

    अहिलेको सरकारलाई दिएको विश्वासको मतका बारेमा सोचेर सल्लाह गरेर पुनर्विचार गर्ने सभापति लामिछानेको भनाई छ । पाँच वर्षमा ठूलो पार्टी बनाएर आफ्नै नेतृत्त्वमा सरकार बनाउने प्रतिवद्धता व्यक्त समेत गरे ।

    ‘पाँचवर्षमा ठूलो पार्टी बनेर आफ्नै नेतृत्त्वमा सरकार बनाउनेछौँ । नेतृत्त्व सक्षम भएन भने हटाएर घण्टी बजाउनेछ । तपाइँ आँट गर्नुहोस्, घण्टी हामीसँग छ बजाउँदै अघि बढ्नुहोला’, उनले भभने ।

    चितवनका जनताले लगाएको गुण इतिहासले नबिर्सने भन्दै उनले भने- भविष्य परिवर्तनको यात्रामा अघि बढेका छौँ । गुण इतिहासले बिर्सने छैन । थप प्रमाणीकरण हो अहिलेको मत । मेरा कारणले हुन गएको क्षतिप्रति क्षमाप्राथी छु ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology