Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रतिबद्धता पूरा गर्न मेरो इमानदार प्रयास रहनेछः वाग्ले

प्रतिबद्धता पूरा गर्न मेरो इमानदार प्रयास रहनेछः वाग्ले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १२, २०८० मंगलवार • १६:०६:०९ बजे
  • 394
    SHARES
  • प्रतिबद्धता पूरा गर्न मेरो इमानदार प्रयास रहनेछः वाग्ले

    तनहुँ-१ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले मतदातामाझ गरेका प्रतिबद्धता पूरा गर्न इमान्दार रहने बताएका छन् ।

    images

    मंगलबार दमौलीमा आयोजित नवनिर्वाचित संसदलाई प्रमाणपत्र वितरण कार्यक्रममा डा. वाग्लेले उपनिर्वाचनका क्रममा गरिएको घरदैलो कार्यक्रममा मतदातामाझ गरेका प्रतिबद्धता पूरा गर्न इमान्दार रहने बताएका हुन् ।

    ‘लोकतन्त्रमा एउटा व्यक्ति आएर जादुको छडी चलाएर चमात्कार गर्ने भन्ने हुँदैन, सबैको सामूहिक प्रयात्न हुन्छ, प्रणाली र सुदृढिकरणबाटै हुन्छ । हाम्रो टिमबाट गर्ने कामहरुमा मेरो इमानदार प्रयात्न रहनेछ ।

    सबैको विश्वास लिएर सहकाय गरी तनहुँको विकास गर्नेछु’, उनले भने । उनले आफ्नो जित पुरानो दलहरु, नेतृत्वप्रतिको वितृष्णा र नयाँ युवाहरुले नेतृत्व गरेको राजनीतिप्रतिको आशा पनि रहेको भन्दै तनहुँवासीले गर्व गर्नसक्ने काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    तनहुँवासीको आशा, भरोसा र विश्वासलाई डगमगाउन नदिने उनको भनाई थियो । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले एक कार्यक्रमबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित डा. वाग्लेलाई प्रमाणपत्र प्रदान गरेका छन् ।

    डा. वाग्ले ३४ हजार ९११ मत प्राप्त गरी तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # प्रतिबद्धता पूरा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology