Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

काबुल एयरपोर्टमा बम विष्फोट गराउने आइएस नेता मारिए

काबुल एयरपोर्टमा बम विष्फोट गराउने आइएस नेता मारिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १३, २०८० बुधवार • १३:५१:५० बजे
  • 424
    SHARES
  • काबुल एयरपोर्टमा बम विष्फोट गराउने आइएस नेता मारिए

    अफगानिस्तान । काबुल एयरपोर्टमा सन् २०२१ को भयानक बम विष्फोटको योजना बनाउने इस्लामिक स्टेट समूहका मास्टरमाइन्ड अफगानिस्तानको सत्तारुढ तालिबानद्वारा मारिएको अमेरिकी अधिकारीहरूले बताएका छन्।

    images

    अगस्टमा भएको बम विष्फोटमा १७० सर्वसाधारण र १३ अमेरिकी सैनिक मारिएका थिए । त्यतिबेला मानिसहरू तालिबानले नियन्त्रणमा लिएपछि देश छोडेर भाग्न खोजिरहेका थिए।

    आईएसका नेता एक हप्ता अघि मारिएका थिए तर उनको मृत्युको पुष्टि गर्न समय लागेको अमेरिकी अधिकारीहरूले सीबीएसलाई जानकारी दिएका छन् । उनको नाम भने सार्वजनिक गरिएको छैन ।

    अमेरिकी अधिकारीहरूले गुप्तचरको सूचना र सो क्षेत्रको अनुगमनमार्फत ती नेताको मृत्यु भएको निर्धारण गरेको बताएका छन् ।

    यद्यपि उनीहरूले बम विष्फोटको लागि उनी जिम्मेवार थिए भनेर कसरी थाहा पाए भन्ने बारे थप विवरण भने दिएका छैनन्।

  • सम्बन्धित विषय:

  • # आइएस नेता मारिए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology