Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुनको भाउ प्रतितोला २ सय रुपैयाँ बढ्यो

सुनको भाउ प्रतितोला २ सय रुपैयाँ बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १३, २०८० बुधवार • १४:०५:२२ बजे
  • 589
    SHARES
  • सुनको भाउ प्रतितोला २ सय रुपैयाँ बढ्यो

    नेपाली बजारमा आज (बुधबार)सुनको भाउ सामान्य बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेको हो ।

    महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    गत कारोबार दिन उक्त सुन तोलाको एक लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन आज तोलामा एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घटेको छ । तोलामा एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # २ सय रुपैयाँ बढ्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology