Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको तयारी

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १५, २०८० शुक्रवार • १०:१४:०२ बजे
  • 595
    SHARES
  • सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको तयारी

    राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । सरकारले आफ्ना नीति तथा कार्यक्रम नसमेटेको भन्दै रास्वपाले गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो ।

    images

    रास्वपाका प्रवक्ता मुकुल ढकालले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अवस्थामा पार्टी पुगेको बताए । ‘हाम्रो एजेण्डा सरकारको नीति तथा कार्यक्रममा समेटिएन ।

    तसर्थ हामीले सरकारलाई दिएको समर्थन कायम राख्ने औचित्य नै छैन,’ उनले भने, ‘हामीले मेन्टालिटी बनाइसकेका छौं । निर्णय मात्र गर्न बाँकी छ । गत पुस ११ गते उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी लिएर रवि लामिछाने सरकारमा गएका थिए ।

    तर, नागरिकता विवादमा सर्वोच्च अदालतले विपक्षमा फैसला गरेपछि उनको सांसद पद गुमेको थियो । त्यसपछि उनले आफ्ना दुई मन्त्री र एक राज्यमन्त्रीलाई राजीनामा दिन लगाएका थिए ।

    बैशाख १० गते भएको उपनिर्वाचनबाट लामिछाने पुनः प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । उनी सांसद निर्वाचित भएसँगै सरकारमा जाने अड्कलबाजी हुन थालेका थिए । तर, प्रतिनिधिसभामा उपनिर्वाचनमा निर्वाचित भएकै दिन उनले सरकारलाई दिएको समर्थन कायम राखिरहनुको औचित्य नभएको बताएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology