Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अमेरिकी डलर र यूरोकाे भाउ बढ्यो

अमेरिकी डलर र यूरोकाे भाउ बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १५, २०८० शुक्रवार • १२:१२:५२ बजे
  • 316
    SHARES
  • अमेरिकी डलर र यूरोकाे भाउ बढ्यो

    नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

    images

    राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ १२ पैसाले बढेको छ । शुक्रबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६५ पैसा र बिक्रीदर १३१ रुपैयाँ २५ पैसा कायम गरिएको छ ।

    यसअघि बिहिबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ५३ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ १३ पैसा कायम गरिएको थियो । आज युरोपियन युरो १५ पैसाले बढेको छ । शुक्रबार युरो एकको खरिददर १४४ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४५ रुपैयाँ एक पैसा कायम गरिएको छ । यता बेलायती पाउण्ड स्टर्लिङ घटेको छ ।

    यसको खरिददर १६२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७३ पैसा तोकिएको छ । त्यसैगरी, अष्ट्रेलियन डलरको एकको खरिदमा ८६ रुपैयाँ ५३ पैसा र बिक्रीमा ८६ रुपैयाँ ९३ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ३९ पैसा कायम भएको छ ।

    यता, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९९ पैसा कायम गरिएको छ भने युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७४ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा कायम गरिएको छ ।

    मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्रीदर २९ रुपैयाँ ४१ पैसामा पाइने छ । आज कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ९१ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३४८ रुपैयाँ १६ पैसा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology