Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चीनसँग मिलेर काम गर्न चाहान्छौं : प्रधानमन्त्री

चीनसँग मिलेर काम गर्न चाहान्छौं : प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १५, २०८० शुक्रवार • १३:३२:३२ बजे
  • 346
    SHARES
  • चीनसँग मिलेर काम गर्न चाहान्छौं : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको समृद्धि हासिल गर्न सरकारले चीनसँग मिलेर काम गर्न चाहेको बताएका छन् ।

    images

    शुक्रबार काठमाडौंमा चीन सरकारले निर्माण गरेको निजामति कर्मचारी अस्पतालको नयाँ सर्जिकल भवन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताएका हुन् ।

    चिकित्सा विज्ञान र प्रविधिसहितको सामाजिक–आर्थिक विकासमा ठूलो फड्को मारेको भन्दै उनले चीनको प्रशंसा समेत गरे ।

    ‘विशेषगरी स्वास्थ्य क्षेत्रमा नेपालले जनताको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न, स्वास्थ्य सुविधाहरूमा सुधार गर्न, स्वास्थ्य पूर्वाधारको बिस्तार गर्न, अस्पतालहरूलाई आधुनिक र अत्याधुनिक सुविधाहरू प्रदान गर्न चीनसँग थप सहकार्य गर्नेछौँ,’ उनले भने ।

    नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्दै उनले डाक्टर र स्वास्थ्यकर्मीहरूलाई ज्ञान, सीप, अस्पताल र स्वास्थ्य सुविधालाई आवश्यक पर्ने प्रविधिको सहयोगको आवश्यकता रहेको बताए ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology