Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गण्डकी सरकारमा एकैपटक दुई महिला मन्त्री

गण्डकी सरकारमा एकैपटक दुई महिला मन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १५, २०८० शुक्रवार • १३:३४:१७ बजे
  • 235
    SHARES
  • गण्डकी सरकारमा एकैपटक दुई महिला मन्त्री

    गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेद्रराज पाण्डेले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

    images

    बिहीबार मुख्यमन्त्री नियुक्त भएर आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका पाण्डेले नेकपा माओवादी र नेपाली कांग्रेसबाट एक एक जनालाई मन्त्री बनाएका हुन् ।

    कांग्रेस नेतृ सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला सिंखडा बिनाविभागीय मन्त्री बनेका छन् ।

    संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई कांग्रेसका २७ र माओवादी केन्द्रका सभामुखसहित ८ जना एवं नेकपा एकीकृत समाजवादीका सांसद राजीव गुरुङको समर्थन छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology