Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुदूरपश्चिम विश्वविद्यालयमा चलचित्र महोत्सव

सुदूरपश्चिम विश्वविद्यालयमा चलचित्र महोत्सव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १६, २०८० शनिवार • १०:५०:५३ बजे
  • 544
    SHARES
  • सुदूरपश्चिम विश्वविद्यालयमा चलचित्र महोत्सव

    सुदूरपश्चिम विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने चलचित्र महोत्सव सुरु भएको छ । सो चलचित्र महोत्सवको नेपालस्थित युरोपियन युनियनका उपप्रमुख डा जोली हिभोनेट र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले संयुक्तरुपमा शुभारम्भ गर्नुभयो । 

    images

    महोत्सवको शुभारम्भ गर्दै डा जोलीले ‘नेपाल युरोपियन फिल्म फेस्टिवल–२०२३’ को १२औँ संस्करणअन्तर्गत पहिलो चरणमा सुदूरपश्चिम विश्वविद्यालयमा आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले चलचित्र महोत्सवमा युरोपका आठ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघु चलचित्र प्रदर्शन गरिने बताउनुभयो । 

    “महोत्सवमा मानवअधिकार प्रवद्र्धनमा चलचित्रको भूमिकालाई कसरी बुझ्ने शीर्षकमा छलफल हुनेछ”, डा जोलीले भन्नुभयो, “यसको उद्देश्य आम मानिसमा उनीहरुको अधिकारबारे चेतना अभिवृद्धि गर्ने रहेको छ ।” 
     
    सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति जोशीले  चलचित्र महोत्सवले मनोरञ्जनका साथै मानवअधिकारसँग सम्बन्धित सन्देश प्राप्त हुने बताउनुभयो । “महोत्सवमा प्रदर्शन गरिने चलचित्रले मनोरञ्जनका साथै चेतना अभिवृद्धि हुनेछ”, उहाँले भन्नुभयो, “सन्देश प्रवाह गर्ने भएकाले पनि यो महोत्सव महत्वपूर्ण छ, यसको सदुपयोग गर्न जरुरी छ ।”

    महोत्सवमा एनी डे नाउ र अरस टी रिहानीले निर्देशन गरेका अस्कर एण्ड लीली (अष्ट्रिया), एण्ड्री बाग्नेले निर्देशन गरेका रमोना (स्पेन), दोनातो रोतुनले निर्देशन गरेका इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), जहाभी सन्जभीले निर्देशन गरेका इमादज चाइल्डहुड (स्विडेन, लाटभिया, इराक), इग्नस जोनसको निर्देशन गरेका इनभिजिवल (लिथुअनिया, लाटभीया, युक्रेन, स्पेन), डेभिड फ्रेनले निर्देशन गरेका डेटिङ अम्बर (आयरल्यान्ड, बेलायत) र डेभिड फ्रेनले निर्देशन गरेका मित्र (नेदरल्यान्ड)  प्रदर्शन हुनेछन् । 

  • सम्बन्धित विषय:

  • # चलचित्र महोत्सव
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology