Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अनसनरत किसान श्रीराम घिमिरेको माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

अनसनरत किसान श्रीराम घिमिरेको माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १६, २०८० शनिवार • ११:३४:५० बजे
  • 628
    SHARES
  • अनसनरत किसान श्रीराम घिमिरेको माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानका समस्या सम्बोधन गर्न माग गर्दै आमरण अनसनरत श्रीराम घिमिरेले उठाएका जायज माग पूरा गर्न सम्वन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् ।

    images

    प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव शंकरदास बैरागीमार्फत् बैशाख ५ गतेदेखि काठमाडौंको बसन्तपुरमा आमरण अनसन बसिरहेका नुवाकोटका घिमिरेले उठाएका जायज माग सम्बोधन गर्न निर्देशन दिएका हुन् ।

    माग सम्बोधन गर्न निर्देशन दिंदै प्रधानमन्त्री प्रचण्डले शुक्रवार साँझ मुख्यसचिवसहित कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माबाट अनसनकारीको स्वास्थ्य अवस्था एवम् माग सम्बोधनमा भइरहेको प्रगतिबारे जानकारी लिएका थिए ।

    सो क्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव शर्माले मन्त्रालयले अनसन बसेको जानकारी आएको आधा घण्टा मै अनसनस्थलमा पुगेर रेस्पोन्स गरेको, मन्त्रालयवाटै डा।नवीन घिमिरे, डा।माधवप्रसाद अर्याल र शिवसुन्दर घिमिरेसहित वार्ता टोली बनाई निरन्तर वार्ता र छलफल गरिरहेको तथा मन्त्रालयको तहबाट गर्न सक्ने सबै माग पूरा गर्न सकिने प्रस्ताव अनसनरत किसान सामु पठाइएको भए पनि हालसम्म सहमतिमा नआएको जनाएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले सरकार जनसरोकारका मुद्धामा अत्यन्तै संवेदनशील रहेको र जनजीविकाका सवाललाई उठाएर कोही कसैले पनि आन्दोलन गर्नु नपर्ने अवस्थाका लागि क्रियाशील रहेकाले किसान घिमिरेले उठाएका विषयलाई समाधान गर्न अधिकतम प्रयत्न गर्न तथा निजको स्वास्थ्यमा पनि ध्यान दिन निर्देशन दिएका छन् ।

    प्रधानमन्त्रीको निर्देशनअनुसार नै उनका जायज माग सरकारले सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ । माग सम्बोधन हुने भएपछि घिमिरेले आमरण अनशनसहितको कार्यक्रम स्थगित गर्ने विश्वास लिइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology