कुवेत - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवास नेपाली सम्पर्क विभाग कुवेत गठन गरेको छ । कुवेतस्थित फेन्तास पार्कमा २८ अप्रिल २०२३ का दिन पार्टीका समर्थकहरुको भेलाद्वारा रास्वपा प्रवास नेपाली सम्पर्क विभाग कुवेत गठन गरिएको हो ।
कुवेतमा लामो समयदेखि कर्मथलो बनाउदै आएका पाल्पाका युवा युवराज बस्यालको नेतृत्वमा गठित विभागको समितिमा कुवेतमा कार्यरत रही राष्ट्रिय स्वतन्त्र पार्टीमा आस्थावान् विभिन्न पेशा तथा व्यवसायमा आवद्ध नेपालीलाई समेटिएको छ । पुष्कर धामीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा २४ जना साधारण सदस्य सहित ९ सदस्यीय कार्यसमिति बनेको छ।
युवराज बस्यालको नेतृत्वमा रहेको ९ सदस्यीय कार्यसमितिको उपसभापतिमा नबीन लोप्चन (चितवन) , महासचिबमा जीवन कुमार बिक (चितवन), कोषाध्यक्षमा गोबिन्द प्रसाद तिम्सीना (झापा), प्रवक्तामा ईस्वर भण्डारी (सुनसरी) , सदस्यमा दिनेस प्रसाद शाहा (सर्लाही), अंकित गैरे (म्याग्दी) , एम डि मोहराम अलि (सप्तरी) र उमा घिमिरे (सुनसरी) रहेका छन ।