Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मैले कार्यकर्तालाई अन्त कतै भोट हाल्न भनेको छैन:गगन थापा

मैले कार्यकर्तालाई अन्त कतै भोट हाल्न भनेको छैन:गगन थापा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १७, २०८० आइतवार • १०:४१:४५ बजे
  • 799
    SHARES
  • मैले कार्यकर्तालाई अन्त कतै भोट हाल्न भनेको छैन:गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैशाख १० गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा आफुले कार्यकर्ताहरूलाई अन्त कतै भोट हाल्न नभनेको बताएका छन् ।

    images

    काठमाडौं निर्वाचन क्षेत्र ४ प्रदेश १ को वार्षिक प्रदेश भेलामा महामन्त्री थापाले आफूहरूले कार्यकर्ताहरूलाई अन्त कतै भोट हाल्न नभनेको बताएका हुन् ।

    उपनिर्वाचनमा नेपाली कांग्रेसभित्रकै नेताहरूले गठबन्धनका उम्मेदवारदाई हराउने षड्यन्त्र गरेको भन्ने आरोपमा उनले सो अभिव्यक्ति दिएका हुन् ।

    यदी कोही कसैले यसबारेमा गलत गरेको भए यसबारे गम्भीर रूपमा छलफल गर्न आवश्यक रहेको उनको भनाइ छ । काठमाडौं क्षेत्र नम्बर–४ का सांसद समेत रहेका थापाले नेपाली कांग्रेसले पार्टीभित्रका समस्या खोजी गर्न जरुरी रहेको पनि बताए । उनले समस्या पहिचान गरी समाधानको बाटोतर्फ अगाडि बढ्न आवश्यक रहेको धारणा राखे ।

    कार्यक्रममा काठमाडौं क्षेत्र ४ का सभापति श्यामकृष्ण संगतले गत निर्वाचनमा नेपाली कांग्रेसभित्रकै नेताहरूले नै प्रतिपक्षी नभएको ठाउँमा पनि आफ्नै पार्टीबाट प्रतिपक्ष खडा गरेर निर्वाचनमा असहयोग गरेको पाइएको बताए ।

    उनले पार्टी सदस्यता लिएर आफ्नो जिम्मेवारी सही ढङ्गले ननिभाउने र अन्य पार्टी नेता कार्यकर्ताका कुरा सुनेर पार्टीभित्रै फरक मत राख्ने र पार्टीलाई सहयोग नगर्नेलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

    काठमाडौं क्षेत्र ४ (१) का सभापति विमल होडाले युवाप्रति राजनीतिमा वितृष्णा बढ्दै गएको बताए । यस्ता समस्या समाधानका लागि पार्टीले फरक योजना बनाएर युवा लक्षित कार्यक्रमसहित अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

  • सम्बन्धित विषय:

  • # गगन थापा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology