Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हत्या आरोपीत एमाले सांसद कोइरी निलम्बित

हत्या आरोपीत एमाले सांसद कोइरी निलम्बित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १९, २०८० मंगलवार • १८:२६:०३ बजे
  • 424
    SHARES
  • हत्या आरोपीत एमाले सांसद कोइरी निलम्बित

    हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन् ।

    images

    मंगलबार सभामुख देवराज घिमिरेले उनलाई निलम्बन गरेका हुन् । उनले प्रतिनिधिसभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम सांसद कोइरीलाई प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरेका हुन् ।

    सभा सञ्चालन नभएको अवस्थामा सभामुख घिमिरेले सूचना टाँस गरेर सांसद कोइरीलाई निलम्बन गरेका हुन् ।

    सोमबार नेपाल प्रहरीले सांसद कोइरीमाथि हत्या अभियोगमा अदालतमा मुद्दा चलेको र हाल उनी फरार अवस्थामा रहेकोले खोजी कार्य भइरहेको जानकारी सभामुख घिमिरेलाई पत्राचार गरी जानकारी गराएको थियो ।

    सो पत्रपछि सभामुख घिमिरेले सांसद कोइरीलाई निलम्बन गरेका हुन् । २०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याका आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर उनी हालसम्म फरार छन् ।

  • सम्बन्धित विषय:

  • # सांसद कोइरी निलम्बित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology