Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादीले एकलौटी गरे गठबन्धन टुट्न सक्छ : माधव नेपाल

माओवादीले एकलौटी गरे गठबन्धन टुट्न सक्छ : माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २०, २०८० बुधवार • १०:००:४९ बजे
  • 577
    SHARES
  • माओवादीले एकलौटी गरे गठबन्धन टुट्न सक्छ : माधव नेपाल

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीलाई सत्ता गठबन्धनले बेवास्ता गरेको आरोप लगाएका छन् ।

    images

    आज (बुधबार) बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बेल्दै अध्यक्ष नेपालले गठबन्धन टिकाउन सबैलाई सम्मानजनक व्यवहार हुनुपर्ने बताए । अध्यक्ष नेपालले सत्ता गठबन्धनले आफूहरूलाई ‘बाइपास’ गरेर पीडा दिइरहेको समेत गुनासो गरे ।

    कर्णालीमा आफ्नो पार्टीलाई बाइपास गरेर दु:ख दिइरहे कुनैपनि बेला गठबन्धन टुट्न सक्ने उनको भनाइ छ ।

    ‘कर्णालीमा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ। सरकारमा एकलौटी गर्न खोजिएको छ । यो राम्रो होइन। गठबन्धन टिकाउने कुरा भइरहेको छ, तर हामीलाई बाइपास गरेर पीडा दिइएको छ ‌।

    प्रचण्ड जीलाई भन्न चाहान्छु, यसले गठबन्धनलाई धरापमा पार्न सक्छ,’ उनले भने । अध्यक्ष नेपालले सत्ता गठबन्धनले देश र जनताको पक्षमा काम गरोस् भन्ने आफ्नो अपेक्षा रहेको पनि बताए ।

  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology