Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ

एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २१, २०८० बिहिवार • १२:१९:३६ बजे
  • 967
    SHARES
  • एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ

    पूर्वमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

    images

    नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा रायमाझीलाई प्रहरीले आज बिहान भैरहवाबाट पक्राउ गरेको हो । उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    यसअघि बुधबार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले पक्राउ गरेको थियो । सोही प्रकरणमा उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे हिजो नै पक्राउ परेका छन् ।

    पाण्डेलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

    मंगलबार प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्‍द्रजित राईलाई पक्राउ गरेको थियो । यसैगरी, सोही प्रकरणमा बादलका छोरा प्रतीक थापालाई पनि प्रहरीले खोजी गरिरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology