Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड

सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २१, २०८० बिहिवार • १२:२१:१९ बजे
  • 484
    SHARES
  • सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड

    नेपाली बजारमा आज (बिहीबार) पहेँलो धातु सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ ।

    images

    लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । यसअघि ०७९ चैत २२ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

    उक्त दिन सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ११ हजार ८ सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा आठ सय रुपैयाँ बढी हो।

    अघिल्लो कारोबार दिन (बुधबार) तोलामा एक हजार ८ रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार २ सय रुपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला २० रुपैयाँ बढेको हो।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology