Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओलीकै पालामा नक्कली शरणार्थी बनाएर पैसा असुल्ने काम भयो : पर्यटनमन्त्री

ओलीकै पालामा नक्कली शरणार्थी बनाएर पैसा असुल्ने काम भयो : पर्यटनमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २१, २०८० बिहिवार • २२:१६:०८ बजे
  • 1.3K
    SHARES
  • ओलीकै पालामा नक्कली शरणार्थी बनाएर पैसा असुल्ने काम भयो : पर्यटनमन्त्री

    संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शरणार्थी र आर्थिक संकट ओली नेतृत्व सरकारको उपहार रहेको टिप्पणी गरेका छन्।

    images

    बुद्ध जयन्तीको तयारीका लागि बिहीबार लुम्बिनी आएका मन्त्री किरातीले तत्कालीन केपी शर्मा ओलीको नेतृत्वका राज्यकोषको दोहन भएको बताए ।

    लुम्बिनीमा बिहीबार आयोजित कार्यक्रममा उनले भने, ‘ओली सरकारका पालामा जनताको आवश्यकता र समृद्वि लक्षित कार्यक्रमभन्दा राज्यकोषको दोहन, भ्रष्टाचार र अनियमिततालाई प्रोत्साहित गरियो ।’

    ओली सरकारले पहाडहरू भत्काएर टावर ठड्याएको बताउँदै उनले भने, ‘दुर्गममा जनता सिटामोल खाना पाउँदैनन् ओली सरकारले पहाडहरू भत्काएर भुरे टाकुरे टावर ठडाएर कार्यकर्तालाई भ्रष्टाचार गर्न मात्रै प्रेरित गरेनन्, प्राकृतिक स्रोत र रैथाने संस्कृतिसमेत ध्वस्त पारे ।’ साथै, मन्त्री किरातीले ओली नेतृत्वको सरकार हुँदा जहाँबाट कमिसन आउँछ त्यहाँ मात्र बजेट छुट्याएको पनि आरोप लगाए ।

    ‘कमिसन जहाँ आउँछ त्यही अन्धाधुन्ध बजेट छुट्याएको उपज यो आर्थिक संकट हो’ उनले भने, ‘त्यति मात्रै हैन, ओलीकै पालामा नक्कली शरणार्थी बनाएर पैसा असुल्ने काम भयो । अहिले त्यो पुष्टि हुँदै जाँदैछ ।’

  • सम्बन्धित विषय:

  • # पर्यटनमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology