Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रकाशित समाचारको खण्डन गर्दै,आरोप पुष्टि गर्न सांसद जुग्जालीको चुनौती

प्रकाशित समाचारको खण्डन गर्दै,आरोप पुष्टि गर्न सांसद जुग्जालीको चुनौती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २३, २०८० शनिवार • १८:२६:५१ बजे
  • 1.6K
    SHARES
  • प्रकाशित समाचारको खण्डन गर्दै,आरोप पुष्टि गर्न सांसद जुग्जालीको चुनौती

    गण्डकी प्रदेशका सांसद रेशमबहादुर जुग्जाली (सुविन)सहित म्याग्दीका हाइड्रो व्यवसायी पूर्णबहादुर पुन, यामबहादुर फगामी, कृष्ण शर्मा लगायतले सर्वसाधारणलाई भुटानी शरणार्थी बनाएर अमरिका पठाउने भन्दै पैसा असुल्दै ठगी गरेको आरोप सहित् एक अनलाईनले समाचार नै लेख्यो ।

    images

    उनीहरुले लिएको पैसा नदिएको र अमेरिका पनि नपठाएको भन्दै स्थानीयले गुनासो गर्न थालेका र स्थानीय युवाहरुले अमेरिका पठाइदिने भन्दै उठाएको पैसा हालसम्म नदिएको उक्त समाचारमा जनाईएको छ ।

    उनीहरुले भुटानी शरणार्थीको नाममा अमेरिका पठाउने भन्दै लाखौं पैसा उठाएर ठगी गरेको आरोप समेत लगाईयो समाचारमा । यी मध्ये माओवादी नेता जुग्जाली गत मंसिर ४ को निर्वाचनमा म्याग्दी प्रदेशसभा (ख) बाट निर्वाचित भएका हुन्। उनले समाचार आएको अर्को दिन फेसबुक मार्फत प्रस्टीकरण समेत सार्बजनिक गरेका छन् ।

    माओवादी नेता तथा गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली उक्त समाचार खण्डन गर्दै फेसबुक मार्फत प्रस्टीकरण सार्बजनिक गरेका हुन् । केही वर्ष अघि आफ्नो विरुद्धमा नियोजित रुपले अफवाह फैलाएको भन्दै उनले चार वर्ष अघि आफूसँग प्रतिशोधपूर्ण तवरले गलत प्रचार गरिएको जनाएका छन् ।

    उनले आफ्नो संलग्नता भएको वा गलत गरेको पाए अझै कानूनी प्रक्रिया अवलम्बन गर्न सकिने बताउदै चार वर्षअघि कसैले पूर्वाग्रहपूर्ण तवरले अनाधिकृत रुपमा सम्प्रेषित गरेको भरमा आक्षेप लगाउन नमिल्ने उल्लेख गरेका छन् । उनले केहीवर्ष अघि व्यक्तिगत रिसिइबीले कतिपयले नियोजित रुपमा आफूविरुद्ध गलत र भ्रामक सामग्रीमार्फत प्रचारित गरिएको उल्लेख गरेका छन् । उनले ठगी प्रकरणमा आफ्नो संलग्नता भए प्रमाणसहित उपस्थित हुन चुनौती समेत दिएका छन् ।

    त्यस्तै षड्यन्त्रहरूको ब्यबहार बाटनै जबाफ दिदै जाने बताउदै म्याग्दीबासीले बिश्वास र भरोसा गरेर दिएको जिम्मेवारी बाट कुनै पनी हालतमा दायाँ बायाँ नगर्ने उल्लेख गरेका छन् । आफ्नो बल र बुद्धिले भ्याएसम्मको समृद्ध म्याग्दीको अभियानमा निरन्तर लाग्ने उनको भनाइ छ ।

     

    R1.jfif

  • सम्बन्धित विषय:

  • # जुग्जालीको चुनौती
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology