Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भ्रष्ट नेताहरूलाई राजनीतिक संरक्षण गर्न पाइँदैन

भ्रष्ट नेताहरूलाई राजनीतिक संरक्षण गर्न पाइँदैन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २३, २०८० शनिवार • १८:४५:०८ बजे
  • 466
    SHARES
  • भ्रष्ट नेताहरूलाई राजनीतिक संरक्षण गर्न पाइँदैन

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने भन्दै ठगी कार्यमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन दबाब दिँदै काठमाडौंको माइतीघरमा युवाले प्रदर्शन गरेका छन् ।

    images

    शनिबार दिउँसो ‘हाम्रो टिम नेपाल’ र ‘हन्ड्रेड ग्रुप’ नामक युवाहरुको संस्थाले दबाबमूलक प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीले ‘भ्रष्ट नेताहरूलाई राजनीतिक संरक्षण गर्न पाइँदैन’, ‘गृहमन्त्री काजीदाई, ठिक पार भ्रष्टाचारीलाई’, ‘प्रचण्ड सरकार भ्रष्टाचारीलाई कारबाही गर’, ‘प्रहरीलाई अनुसन्धान गर्न देऊ’जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीसहित उच्च पदस्त अधिकारीहरु मुछिएका छन् । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ भने केहीलाई पक्राउ पुर्जी जारी गरेको छ ।

    पक्राउ पुर्जी जारी गरिएपछि पूर्वमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन् । उनलाई खोजीरहेको प्रहरीले जनाएको छ । यस्तै, प्रहरीले शनिबार सोही प्रकरणमा थप तीन जनालाई पक्राउ पुर्जी जारी छ ।

    हालसम्म प्रहरीले ८ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # संरक्षण गर्न पाइँदैन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology